रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार – Nepal Press

रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका- ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका- १८ सारङकोट बस्ने २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा नगरपालिका- ११ विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेत फागुन २१ गते मध्यान्ह प्याराग्लाइडिङ गर्ने क्रममा हावाको प्रभावले अनियन्त्रित भई सोही ठाउँस्थित नवोदय सामुदायिक वन चप्पनको जंगलमा करिब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो ।

स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाइ उनीहरुको उद्धार गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *