भारतीय मिडियाको रोषयुक्त टिप्पणी: माल्दिभ्सपछि चीनको चाल नेपालमा सफल ! – Nepal Press

भारतीय मिडियाको रोषयुक्त टिप्पणी: माल्दिभ्सपछि चीनको चाल नेपालमा सफल !

काठमाडौं । नेपालमा नयाँ सत्ता गठबन्धनको कसरत भइसकेपछि भारतीय मिडियाहरुले प्रतिक्रिया तीव्र दिन थालेका छन् । कतिपय मिडियाहरुले कांग्रेस र माओवादीको खटपट भएकोले सत्ता गठबन्धन टुटेको बताएका छन् भने कसैकसैले भने चीन जोडेका छन् ।

चीन जोड्नेमा एक हो नवभारत टाइम्स । हिन्दी भाषाको अखबार नवभारत टाइम्सको अनलाइनले माल्दिभ्सपछि चीनको चाल नेपालमा सफल भएको लेखेको छ ।

नवभारत टाइम्सले भारतको छिमेकी देश नेपालको राजनीतिक घटनाक्रम अचानक तीव्र गतिले बढेको उल्लेख गर्दै यसमा नेपालको लागि चिनियाँ राजदूतको भूमिकाको चर्चा भएको लेखेको छ ।

यसअगाडि पनि नेपालमा वामपन्थी दलहरुको एकतामा जोड दिएर चीनले आफ्नो प्रभाव बढाउन खोजेको समाचारमा लेखिएको छ । यस्तै ओली प्रधानमन्त्री हुँदा चीनकै आडमा नेपालले कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेको पनि नवभारत टाइम्सले ठोकुवा गरेको छ ।

अहिले नेपालमा माल्दिभ्स जस्तै राजनीतिक घटनाक्रम भएको भनेर चिन्ता व्यक्त गर्ने नवभारत टाइम्सको भन्दा भिन्न मत केही समय अगाडि हिन्दूस्तान टाइम्समा आएको थियो । गत जनवरी २९ मा प्रकाशित समाचारमा नेपालमा जस्तो भारतविरोधी लाइन माल्दिभ्समा हुन दिन नहुने लेखिएको थियो ।

कुनै समयमा नेपाल जस्तो माल्दिभ्स हुनु हुन्न भन्ने भारतीय मिडियाहरु अहिले भने नेपाल माल्दिभ्स जस्तै भएको तर्क गरेर समाचार बनाउन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर