सीट तथा मन्त्रालय बाँडफाँटलगायत विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन – Nepal Press
नयाँ गठबन्धन

सीट तथा मन्त्रालय बाँडफाँटलगायत विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ ।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

माओवादी सचिव दिनानाथ शर्माकाअनुसार गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछ । त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा आज तीन विनाविभागीय मन्त्रीको शपथको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर