मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सेयर बजारमा सर्किट ब्रेक
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/03/share.jpg)
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सेयर बजारमा सर्किट लागेको छ ।
बजार खुलेको तीन मिनेटमै सर्किट ब्रेक लगेर २० मिनेटका लागि बजार बन्द भएको छ ।
सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर २० मिनेटका लागि बजार बन्द भएको हो ।
आज ११ बजेर ३ मिनेटमै ७९.२९ अंकले बढेर ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक भएको हो ।
शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।
नयाँ अर्थमन्त्रीमा वर्षमान पुन र विष्णु पौडेलको चर्चा छ ।