यो बन्नै नहुने र चल्नै नहुने सरकार हो, एमालेले अब सोच्छ : ओली (भिडिओ) – Nepal Press

यो बन्नै नहुने र चल्नै नहुने सरकार हो, एमालेले अब सोच्छ : ओली (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार बन्नै नहुने र चल्नै नहुने खालको भएको टिप्पणी गरेका छन् । यो सरकारको चंगुलबाट देशलाई कसरी मुक्त गर्ने भनेर एमालेले सोच्ने उनको भनाइ छ ।

आज एक कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार र खासगरि अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि तीव्र कटाक्ष गरे ।

ओलीले भने, ‘यो सामाजिक न्यायका कुरा र वितरणका कुरा नगर्ने दयनीय सरकारको समयमा हामी छौं । यो सरकार बन्नै नहुने सरकार थियो । चल्नै नहुने सरकार हो । यो सरकार कसैले बनाइदियो, कसैले टिकाइदिएको छ । यस चंगुलबाट देशलाई कसरी मुक्त गर्ने एमालेले अब सोच्छ । अब सोच्नेभन्दा फरक त के गर्ने र ।’

देशको आर्थिक अवस्थाबारे एमाले निकट विज्ञहरुसँगको अन्तरक्रियामा बोल्दै ओलीले हालका अर्थमन्त्रीको अध्ययन र विज्ञतामाथि प्रश्न उठाए ।

उनले भने, ‘अर्थमन्त्रीलाई के लाग्या छ भने मैले नियम कानुन हेर्नुपर्दैन, म डिक्टेटर हो । उहाँ न कसैसँग परामर्श गर्नु हुन्छ न केही गर्नु हुन्छ । अर्थशास्त्रमा पीएचडी गर्नुभएको भन्ने सुन्या हो । कुनमा कहाँबाट पीएचडी गर्नुभएको रहेछ ? अचम्म लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर