मधेशका मुख्यमन्त्री यादवको गुनासो- नेपाल प्रहरीले समन्वय गरेन – Nepal Press

मधेशका मुख्यमन्त्री यादवको गुनासो- नेपाल प्रहरीले समन्वय गरेन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले प्रदेश सरकारसँग समन्वय नगरी काम गरिरहेको गुनासो गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित सडक सुरक्षासम्बन्धी कार्यक्रममा उनले प्रहरीले समन्वय नगर्दा सोचेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताए ।

उनले भने, ‘हामी शान्ति सुरक्षाको विषयमा गम्भीर छौं । तर, नेपाल प्रहरी समन्वय गरिरहेको छैन ।’

मुख्यमन्त्री यादवले सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि प्रदेश सरकार आवश्यक कदम चाल्न तत्पर रहेको उल्लेख गरे ।

उनले सडक सुरक्षाका लागि चाहिने आवश्यक उपकरण माग गर्न सम्बन्धित निकायसँग आग्रह पनि गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको ३० थान ब्रेथलाइजर मुख्यमन्त्री यादवले प्रदेश ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर