गुणस्तरहीन पकौडा बेच्ने आफ्नै क्यान्टिनलाई काठमाडौं महानगरले गरायो जरिवाना – Nepal Press

गुणस्तरहीन पकौडा बेच्ने आफ्नै क्यान्टिनलाई काठमाडौं महानगरले गरायो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई जरिवाना गराएको छ । गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको भन्दै महानगरले नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

यसअघि सचेत गराइएको उक्त चमेना गृहमा गुणस्तरहीन पकौडा बिक्री वितरण भएको महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागमा उजुरी परेको थियो । त्यसपछि महानगरले स्थलगत अनुगमन गर्दा उजुरी गरेअनुसार नै गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको पाइएपछि ५० हजार जरिवाना गराइएको हो ।

उजुरीअनुसारको कसुर पुष्टि भएको हुँदा ५० हजार रुपैयाँ जरिवाना गराइएको महानगरपालिका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रमुख झाका अनुसार उक्त चमेना गृहले आफ्नो व्यवसायमात्रै गर्न खोजेको तर गुणस्तरमा ध्यान नदिएका कारण यसअघि पनि सचेत गराइएको थियो ।


प्रतिक्रिया

One thought on “गुणस्तरहीन पकौडा बेच्ने आफ्नै क्यान्टिनलाई काठमाडौं महानगरले गरायो जरिवाना

  1. काठमाडौका नाम चलेका मिठाई पसलको पनि अनुगमन गरिदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *