फर्जी सूचना निकालेर सेनिटरी प्याड खरिद, पूर्वमेयर-उपमेयरसहित ९ जनालाई भ्रष्टाचार मुद्दा


काठमाडौं । सेनिटरी प्याड खरिदमा भ्रष्टाचारको आरोपमा धनुषा शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाललगायत ९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आज दायर अभियोगपत्रमा पूर्वमेयर उदयकुमार यादव, पूर्वउपमेयर शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, स्टोर किपर सुदीप कुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, हठ्ठीपुरवाहा माध्यमिक विद्यालयका प्रअ श्रीकृष्ण भिनवार, सव इन्जिनियर सरोजकुमार महतोसँग १३ हजार ९३ हजार ६८७ जनही बिगो दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड खरिदका लागि फर्जी सूचना निकालेर खरिद गर्नुअघि नै भुक्तानी दिइएको पाइएको अख्तियारले जनाएको छ । सेनिटरी प्याड खरिद सम्झौता गरिएको रेजा ट्रेडिङ प्रालि धनुषाका प्रोप्राइटर एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मंसुरलाई पनि प्रतिवादी बनाइएको छ ।