ओलीको लागि बनेको २ सय किलोको मालाले विष्णु पौडेललाई स्वागत – Nepal Press

ओलीको लागि बनेको २ सय किलोको मालाले विष्णु पौडेललाई स्वागत

जनकपुरधाम । जनकपुर विमानस्थलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालालाई स्वागत गरिएको छ ।

एमाले अध्यक्ष केपीशर्मा ओली नआएपछि उनका लागि बनाइएको मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको हो । उनको स्वागतका लागि विमानस्थलमा एमालेका सयौं नेता कार्यकर्ता पुगेका थिए ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली आमन्त्रित थिए । तर अन्तिम समयमा उनी आउने कार्यक्रम स्थगित भयो ।

ओलीको स्वागतका लागि जनकपुरधाम उपमहानगरपालिका कमिटीले दुई सय किलोको माला तयार पार्न लगाएका थिए । ओलीकै स्वागतका लागि नेताहरु माला विमानस्थल लगिसकेपछि मात्र थाहा पाए, उनी आउने कार्यक्रम स्थगित भयो ।

ओली नआउने भएपछि विमानस्थल पुगेका एमालेका नेता कार्यकर्ताहरु निराश देखिए । ओली नआएपछि तयार पारेको माला उपाध्यक्ष पौडेललाई लगाएर स्वागत गरेको एमाले नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर