सवारी दुर्घटना न्यूनीकरण गर्न ‘स्लो बाइक कम्पिटिसन’ – Nepal Press

सवारी दुर्घटना न्यूनीकरण गर्न ‘स्लो बाइक कम्पिटिसन’

कैलाली । कैलालीमा प्रत्येक वर्ष सवारी दुर्घटनामा पनि ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कैलाली कञ्चनपुरमा सबै भन्दा धेरै मोटरसाइकल दुर्घटना बढि भएका छन् । प्रहरीका अनुसार तीव्र गतिमा मोटरसाइकल हाँक्दा सबै भन्दा धेरै दुर्घटना हुने गरेको छ ।

कैलालीको घोडाघोडी १ सुखडमा मोटरसाइकल चालकलाई सुस्त गतिमा मोटरसाइकल चलाउन प्रेरित गर्न र दुर्घटना न्यूनीकरण गर्न ‘स्लो बाइक कम्पिटिसन’ आयोजना गरिएको छ ।

‘स्लो बाइक,सेभ लाइफ’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताले सडक दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए ।

उनले अधिकांश दुर्घटना चालकले अनियन्त्रित मोटरसाइकल चलाउन हुने र यस्ता प्रतियोगिताहरूले दुर्घटना न्यूनीकरणको लागि सन्देश दिने बताए ।

प्रतियोगितामा दुई दर्जन बढि सहभागी थिए । सबै भन्दा सुस्त मोटरसाइकल चलाएर रोशन शाही विजेता बने उनले १५ हजार नगद र प्रमाणपत्र पाए । त्यस्तै दोस्रो भएका वीरेन्द्र शाहीले १० हजार र प्रमाण पत्र र तेस्रो भएका गणेश शाहीले ५ हजार र प्रमाणपत्र पुरस्कार पाएका थिए ।

प्रतियोगितामा तीनै जनाले प्राप्त गरेको रकमबाट १० हजार घोडाघोडी क्लबलाई सहयोग गरेका छन् ।

क्लबलाई केही सहयोग होस भन्ने उद्देश्यले कार्यक्रमका बिच नै जितेको रकमबाट नगद १० हजार घोडाघोडी क्लबका अध्यक्ष होम तामाङलाई उनीहरूले सहयोग स्वरूप प्रदान गरेका हुन ।

प्रतियोगिताले सकारात्मक सन्देश दिएको वास नेपाल घोडाघोडीका सचिव खेम ढुङ्गानाले बताए । आगामी दिनमा पनि यस्ता सृजनशील कार्यक्रमहरू आयोजना गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *