नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्का – Nepal Press

नेपालले टी-२० सिरिजको फाइनल खेल्ने पक्का

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल्ने भएको छ । शनिवार नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले फाइनल खेल्ने पक्का भएको हो ।

नेपालले ४ खेलबाट दुई खेलमा जित र दुई खेलमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छन् । नेदरल्यान्ड्स समान ४ अंकसहित पहिलो र नामिबिया २ अंकसहित तेस्रो स्थानमा छन् ।

नेपालको रनरेट ०.२९३, नेदरल्यान्डले ०.३१० र नामिबियाको माइनस ०.७०० छ । नेदरल्यान्ड्स र नामिबियाको एक खेल बाँकी रहँदा नेपाल फाइनल खेल्ने पक्का भएको हो । यी दुईको खेलको नतिजा जुनसुकै आए पनि नेपाल फाइनल खेल्नेछ ।

२ अंक रहेको नामिबियालाई फाइनल पुग्न अन्तिम खेलमा जितले मात्र पुग्ने छैन । नेदरल्यान्ड्सलाई फराकिलो अन्तर हराउनुपर्ने हुन्छ । यदि नामिबियासँग फराकिलो अन्तरले पराजित भएको खण्डमा नेदरल्यान्ड्सको रन रेट घट्नेछ । र रनरेटका आधारमा नेदरल्यान्ड्स बाहिरिनेछ । यदि नामिबियालाई हराएमा नेदरल्यान्ड्सले फाइनल प्रवेश गर्नेछ ।

पहिलो खेलमा नामिबियासँग २० रन र नेदरल्यान्डसँग २ रनले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियालाई ३ र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर