नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै करणले लिए दुई विकेट – Nepal Press

नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै करणले लिए दुई विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध  नेपाललाई पहिलो ओभरमै दुई सफलता मिलेको छ ।

करण केसीले नेपाललाई पहिलो ओभरमै दुई सफलता दिलाएका हुन् । पहिलो ओभरको चौथो र अन्तिम बलमा करणले विकेट लिएका हुन् ।

पहिलो ओभरको चौथो बलमा नेदरल्यान्डका माइकल लेभिट र अन्तिम बलमा साइब्रान्ड एंगलब्रेक्ट शून्य रनमा आउट भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर