खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, ८ महिना कैद – Nepal Press

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, ८ महिना कैद

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

ढुंगेललाई एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामा पनि दोषी ठहर भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *