रोनाल्डो प्रतिबन्धमा परेको खेलमा अल नासर बराबरीमा रोकियो – Nepal Press

रोनाल्डो प्रतिबन्धमा परेको खेलमा अल नासर बराबरीमा रोकियो

काठमाडौं । दर्शकलाई अश्लील हर्कत गरेको कारण प्रतिबन्ध खेपेका कप्तान तथा फरवार्ड क्रिष्टियानो रोनाल्डो प्रतिबन्धित खेलमा अल नासार साउदी प्रो लिगमा बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा अल हाजिमसङ्ग ४-४ को बराबरी खेल्दै अल नासार लिग लिडर अल हिलालसँग ६ अङ्कले पछि परेको छ ।
अल नासारको लागि ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत जित हासिल भएन ।

घरेलु मैदानमा भएको खेलमा अल नासारले सुरुवाती अग्रता लिएको थियो । खेलको ३१औं मिनेटमा टालिस्काको गोलबाट अल नासरले अग्रता लिन सफल भएको थियो । तर ५३औं मिनेटमा एहमद अल मेमेदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रोमान्चक प्रतिस्पर्धाको ६१औं मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई पुनः २–१ को अग्रता दिलाए  ।

तर त्यसको पाँच मिनेटपछि ६६औं मिनेटमा टोजीले गोल गर्दै खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए । ८ ७१औं मिनेटमा टालिस्काले अल नासारकोल्ल लागि पुनः गोल गर्दै ह्याट्रिक पूरा गर्दा अल नासर खेलमा पुन ३–२ ले अघि रह्यो । तर, ८४औं मिनेटममा फाइज सेलेमानीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

निकै प्रतिस्पर्धात्मक खेलको इन्ज्युरी समय अझ रोमान्चक बन्यो । इन्ज्युरी समयको चौथो मिनेटमा स्टार खेलाडी साडियो मानेले गोल गर्दै अल नासरलाई जित नजिक लगेका थिए तर इन्ज्युरी समयको नवौं मिनेटमा हाजिमको लागि पाउलो रिकार्डोले गोल गर्दै खेल ४(४ को बराबरीमा रोके ।

साउदी प्रो लिगमा अल नासर एक खेल कम खेलेको शीर्षस्थानको अल हिलालसँग ६ अंकले पछि पर्दा दोस्रो स्थानमा रहेको अल नासरको २२ खेलबाट ५३ अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर