नामिबियालाई नेदरल्यान्डले दियो २४८ रनको विशाल लक्ष्य, माइकलले हाने १३५ रन – Nepal Press

नामिबियालाई नेदरल्यान्डले दियो २४८ रनको विशाल लक्ष्य, माइकलले हाने १३५ रन

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डले २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।

नेदरल्यान्डका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे । उनले ४९ बलमा शतक पूरा गरेका हुन् । उनी ६२ बलमा १३५ रन बनाएर आउट भए । साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए ।

बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए । पहिलो खेलमा दुबै टोलीले नेपाललाई हराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर