भारतीय पर्यटकले नेपालमा फोन पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने – Nepal Press

भारतीय पर्यटकले नेपालमा फोन पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् । फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको समझदारी अनुसार आजदेखि भुक्तानी गर्न मिल्ने भएको हो ।

भारतमा भिम यूपीआई र फोन पे प्रयोग गरिरहेको ग्रहकले भुक्तानी गर्न सक्ने छन् । प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अन्तरदेशीय अनलाइन कारोबार गर्नको लागि भारतीय प्रयोगकर्ताले फोन पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ ।
फोन पे का सीईओ दिवस सापकोटाले आजबाट फोन पे को क्युआर मार्फत अन्तरदेशीय अनलाइन कारोबार सुरु भएको बताए ।

उनले भने, ‘अब भारतबाट नेपाल आएका पर्यटक लगात भारतीयहरुले फोन पे मार्फत क्युआरबाट भुक्तानी गर्न सक्ने छन् । यसले क्यास बोकेर हिड्नु पर्ने झन्झट् हटाएको छ ।’

भारतीय ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु भएपछि नेपाली ग्रहाकले भने भारतमा भुक्तानी गर्न पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर