चलचित्रको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो – प्रमोद अग्रहरी – Nepal Press

चलचित्रको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो – प्रमोद अग्रहरी

काठमाडौं। यहीँ फागुन १८ गतेबाट रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’मा अभिनेता प्रमोद अग्रहरिलाई पनि देख्न सकिनेछ। आफूले अभिनय गरेको हरेक चलचित्रमा भिलेनको भूमिकामा देखिँदै आएका प्रमोदले यो चलचित्रमा पनि आफ्नो भिलेन लुक्सलाई नै दर्शकमाँझ पस्किएका छन। उनी चलचित्रमा ‘त्रिपाठी’ को भूमिकामा देखिएका छन।

ट्रेलरमा समावेश अग्रहरीले बोलेको ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ दर्शकलाई रुचाएका थिए। प्रमोदका अनुसार चलचित्रमा उनको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै छ अर्थात सबै कुरा उनकै अन्डरमा छ । चलचित्रमा उनको आफ्नै सञ्जाल भएको र उनको इसारा बिना समाजको केही कुरा पनि वरपर नचल्ने त्रिपाठीको भनाइ छ।

‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक चलचित्रमा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, प्रमोद भन्छन् ।

प्रमोद परासीका हुन् । चलचित्रको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोदको बुझाईमा उनले ‘अगस्त्य च्याप्टर १’को जस्तो कथा परासीमा देखेका छैनन। ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु। भारतमा पनि देखेको छु। मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, प्रमोदले खुलाए।

‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो। त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन राम्रै तयारी गरियो। मुख्य कुरा विचार हो। आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ,’उनी सुनाउँछन,‘आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने फेरि अर्को तयारी हो। म पुषदेखि नै त्यो क्यारेक्टरमै थिएँ । संवाददेखि सबे कुराहरुको राम्रो तयारी गरिएको छ।’

आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छन् भन्ने कुरामा प्रमोद ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ। सामाजिक सञ्जालमा होस् या युट्उबमा, आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु’, उनी भन्छन् ।

प्रमोद आफ्ना हरेक चरित्र आफ्ना लागि चुनौतिपूर्ण ठान्छन् । ‘मेरो चरित्र मेरै लागि चुनौतिपूर्ण हुन्छ। त्यसो हुँदा मैले अरुको चरित्रसँग किन चुनौति मान्नेरु यो चलचित्रमा रहेका बाँकी ६,७ जना कलाकारबीच एकापसमा राम्रै सहकार्य भयो। मलाई लाग्छ यो चलचित्रमा एउटा राम्रो काम भएको छ’, उनी जोड्छन।

‘चलचित्रको वर्कसप भएको थिएन। दुई चारपटक स्क्रिप्ट पढें। बीचमा बुवा बित्नु भएपछि घर आउनुपर्यो। उहाँको काम सकेर पछि पुन चलचित्र युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउने वाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें’, प्रमोद भन्छन् ।

प्रमोदको अनुभवमा चलचित्रको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि। मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भर पर्छ । अगस्त्य च्याप्टर १ हेरेर निस्कँदा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ’, उनी सुनाउँछन।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्रमा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

चलचित्र यही शुक्रबार अर्थात् १८ गतेबाट नेपालसँगै विश्व भरबाट रिलिज हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर