अर्धशतक प्रहार गरेर आउट भए रोहित पौडेल – Nepal Press

अर्धशतक प्रहार गरेर आउट भए रोहित पौडेल

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गर्दै आउट भएका छन् । उनी १२औँ ओभरको अन्तिम बलमा एल्बीडब्यु भएका हुन् । ३५ बलमा ५० रन बनाउँदै आउट भएका हुन् ।

नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १०५ रन बनाएर खेलिराखेको छ । क्रीजमा दीपन्द्रसिंह ऐरी र सन्दीप जोरा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर