आठ दिन रुसमा हुँदा आफ्नै सरकारले जासुसी गरेकाे अमेरिकी पत्रकार टकरको आरोप – Nepal Press

आठ दिन रुसमा हुँदा आफ्नै सरकारले जासुसी गरेकाे अमेरिकी पत्रकार टकरको आरोप

काठमाडौं । आफू आठ दिन रुसको राजधानी मस्कोमा हुँदा अमेरिकी सरकारले आफूमाथि जासुसी गरेको अमेरिकी पत्रकार टकर काल्र्सनले दाबी गरेका छन् । एक पडकास्टरसँग कुरा गर्दै काल्र्सनले यस्तो बताएका हुन् ।

आफूले सन् २०२१ मै पुटिनसँग अन्तरवार्ताको तयारी गर्दा अमेरिकी जासुसी निकायले सूचना चुहाएर मिडियामा दिएको भन्दै काल्र्सनले आफू केही अगाडि मस्को पुग्दा पनि जासुसीमै पुगेको बताएका छन् ।

आफू जस्ता करदाताको पैसा आफूहरुमै दुरुप्रयोग भएको उनले आरोप लाएका छन् । खासगरी मस्कोको फोर सिजन होटलमा अमेरिकाका निर्वासित अधिकारी एनोड स्नोडेनसँगको कुराकानी पनि अमेरिकाको जासुसी गरेको काल्र्सनले बताएका छन् । उनले पडकास्टर लेक्स फ्रिडमेनसँग तीन घण्टाको पडकास्ट कुराकानीमा उनले यस्तो बताएका हुन् ।

अमेरिका जस्तो स्वतन्त्र मानिएको देशले पनि उनी जस्ता नागरिकको जासुसी गरेको उनले बताएका छन् । उनको यो दाबीलाई रुसी सरकारी मिडिया आरटीले प्राथामिकताकासाथ समाचार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *