अपहरण तथा शरीर बन्धक गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिलकुमार सिंह दोषी ठहर – Nepal Press

अपहरण तथा शरीर बन्धक गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिलकुमार सिंह दोषी ठहर

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ ।

खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मीना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।

कार्कीलाई मतियारका रुपमा दोषी ठहर गरिएको छ । सजाय निर्धारणका लागि फागुन २४ गते पेशी तोक्न पनि आदेश भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *