इसेवाले ल्यायो डबल लखपति बन्ने ‘मेरो यात्राको साथी’ अफर – Nepal Press

इसेवाले ल्यायो डबल लखपति बन्ने ‘मेरो यात्राको साथी’ अफर

काठमाडौं । इसेवाले यस वर्ष पनि पुन ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ ।

इसेवाले यस वर्ष डबल लखपति बन्ने मौकाका साथ पुनः ‘मेरो यात्राको साथी’ नामक अफर सर्वजनिक गरेको हो । यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा, बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ । जसलाई कम्पनीले ‘मेरो यात्राको साथी २’ नाम दिइएको छ ।

इसेवामा रहेको यात्रा सम्बन्धी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ ।

विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप २ लाख रुपैयाँ प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।

त्यस्तै, अफरअन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ । आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७ हजार रुपैयाँ सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् ।

साथै, अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले ३०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछा् । जसका लागि प्रोमो कोडमा ‘यात्रा ३००’ प्रयोग गर्नुपर्नेछ।

त्यसैगरी, इसेवा मार्फत् होटल बुक गर्दा प्रोमो कोडमा ‘होटल २००’ प्रयोग गरी सबैले २०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले(हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ ।

प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेज मार्फत् घोषणा गरिनेछ। प्रोमो कोडमा ‘यात्रा ५००’ प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रुपैययाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले ‘यात्रा१००’ प्रोमो कोडको प्रयोगमा १०० क्यास्ब्याक पाउन सक्नेछन् ।

अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म १ हजार ५०० सम्म क्यास्ब्याक (५ प्रतिशतको दरले) प्राप्त गर्न सकिनेछ । यो अफर फाल्गुन १३ देखि चैत १३ गतेसम्म लागू हुनेछ ।

यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ ।

सेवाग्राहीले क्यास्ब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ । अफर सम्बन्धी थप शर्तहरू आधिकारिक ब्लगमार्फत बुझ्नका सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर