नागरिकमाथि निषेध- बाटो हिँड्नै बन्देज (तस्बिरहरू) – Nepal Press

नागरिकमाथि निषेध- बाटो हिँड्नै बन्देज (तस्बिरहरू)

काठमाडौं । सरकारले निषेधित क्षेत्रको नाममा प्रमुख प्रशासनिक केन्द्रमा सर्वसाधारणलाई हिँडडुलमा समेत रोक लगाएको छ । सिंहदरबार, बालुवाटार र संसद भवन अगाडि सुरक्षा निगरानी बढाइएको हो । विभिन्न जिल्लाबाट आएका लघुवित्तका ऋणी तथा मिटरव्याजपीडित हिजो संसद भवन परिसरमा छिरेसँगै सरकारले फुटपाथमा समेत डोरी टाँगेर हिँड्न पनि दिएको छैन ।

संसद भवनभित्र लघुवित्तका ऋणी र मिटरब्याजपीडित प्रवेश गरेको विषयलाई लिएर ड्युटीमा खटिएका प्रहरी अधिकृतमाथि कारवाही गर्न खोजिएपछि अहिले सुरक्षा निकायभित्रै असन्तुष्टि प्रकट भएको छ ।

आन्दोलनमा आएकाहरूलाई माओवादी केन्द्र र नेकपा एसका सांसदहरूले नै दर्शक पास दिएर छिराइएको पाइएपछि ड्युटीमा खटिएका प्रहरीको मनोबल कमजोर बनाउन नहुने तर्क उच्च अधिकारीहरूले गरेका छन् ।

हिजो सुरक्षाकर्मीहरूले कडाइ गर्न खोज्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै रोकेको उच्च अधिकारीहरूले बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले गृहमन्त्रीका कारण पीडितका नाममा विभिन्न व्यक्ति घुसेर आन्दोलन चर्काएको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर