वर्कसप लेथमा ग्यास वेल्डिङ गर्दा भएको विस्फोटमा घाइते थप दुईको मृत्यु – Nepal Press

वर्कसप लेथमा ग्यास वेल्डिङ गर्दा भएको विस्फोटमा घाइते थप दुईको मृत्यु

काठमाडौं । बारा निजगढको एक वर्कसप लेथमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सोमबार दिउँसो रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइते भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्साको विरगन्जका २० वर्षीय रितु रजतको पनि मृत्यु भएको प्रहरीले बताएको छ । अन्य ३ जना घाइते छन् ।

प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले कवाडी किन्ने भारतको मोतिहारीका ४० वर्षीय रमेश जैसवाल र निजगढका २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरेको छ ।

प्रहरीले घटनास्थलमा शंकास्पद वस्तु पड्किएको उल्लेख गरेपनि के पड्किएको भन्नेबारे केही उल्लेख गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *