सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण – Nepal Press

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कक्षा १ देखी कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

गण्डकी प्रदेश अन्तर्गत सिटिजन्स बैंकको अमरापुरी शाखाले गैंडाकोट नगरपालिका अमरापुरीमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

बैंकले विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको होे ।

विद्यालयले शैक्षिक सामाग्री वितरणलाई एक उदाहरणीय रुपमा लिएर सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ ।

पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने बैंकले विश्वास लिएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर