क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, ग्रेडिङमा पनि हेरफेर – Nepal Press

क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, ग्रेडिङमा पनि हेरफेर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ ।

क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर