क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, ग्रेडिङमा पनि हेरफेर
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० फागुन १४ गते १४:३७
![](https://www.nepalpress.com/wp-content/uploads/2024/02/nepali-cricket-team-1.jpg)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ ।
क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।
क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ ।
क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्याएको छ ।
![](https://www.nepalpress.com/wp-content/uploads/2024/02/423105705_1088397605798669_8634570005978839397_n.jpg)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/02/423568686_1091846765351543_4859311875265703175_n.jpg)
प्रतिक्रिया
सम्बन्धित खवर