इएफएल कपको उपाधि लिभरपुललाई – Nepal Press

इएफएल कपको उपाधि लिभरपुललाई

हेटौंडा । निकै संघर्षपूर्ण खेलको ११८ औं मिनेटमा चेल्सीविरुद्ध गोल गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको छ ।

१० औं पटक उपाधि जित्ने क्रममा कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलनै लिभरपुलको लागि पर्याप्त बन्यो ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । लिभरपुलका कप्तान भानले ५९ औ मिनेटमा गरेको गोललाइ भारले रिजेक्ट गरिदिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर उनै भानले लिभरपुललाइ १–० को जित दिलाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर