नेविसंघ गगन-शेखर समूहले राख्यो केन्द्रीय समिति पूर्व छलफल – Nepal Press

नेविसंघ गगन-शेखर समूहले राख्यो केन्द्रीय समिति पूर्व छलफल

काठमाडौं । नेपाल विद्यार्थी संघ गगन-शेखर समूहले फागुन १५ गतेलाई तय गरेको नेविसंघ केन्द्रीय समिति बैठक पूर्व छलफल कार्यक्रम राखेको छ ।

वाल्मीकी विद्यापीठमा आयोजना भएको छलफल कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति रहेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।

कार्यक्रममा, नेपाल विद्यार्थी संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आह्वान गरिएको केन्द्रीय समिति बैठकको बारेमा छलफल भएका छन् । कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले नेविसंघ समूह र गुट जसरी फरक मतलाई स्थान नदिई चलाएको, क्याम्पस र जिल्लाहरू मनोमानी तरिकाले नियुक्ति दिएको जस्ता विषयमा छलफलमा कुरा उठेको थियो ।

उपस्थिति कहिले नेविसंघ केन्द्रीय अध्यक्षको स्वेच्छाकारिता विरुद्ध बैठक बहिष्कार गर्ने कुरा राखेका थिए भने केहीको मत बैठकमा बलियो उपस्थिति जनाउनुपर्ने धारणा आएको केन्द्रीय सदस्य शर्माले बताए ।

छलफलबाट संकलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य इ. सुवास पौडेलले जानकारी गराए ।

२०७८ फागुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति भएपछि र २०८० साउनमा अन्य ७१० केन्द्रीय सदस्य नियुक्ति लगभग ८ महिना पछि पहिलो पटक २०८०–११–१५ गते केन्द्रीय समितिको बैठक डाकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर