एलिजाले दोस्रो फिल्म पाएको हल्ला, आफैंले गरिन् खण्डन – Nepal Press

एलिजाले दोस्रो फिल्म पाएको हल्ला, आफैंले गरिन् खण्डन

काठमाडौँ। चार वर्षपछि नया फिल्ममा अभिनय गर्न लागेको हल्लालाई एलिजा गौतमले आफैं खण्डन गरेकी छन् । उनले समुद्र भट्ट निर्देशित चलचित्रमा अभिनय गर्न लागेको समाचारहरु आएका थिए ।
एलिजाले नयाँ चलचित्रमा काम गर्ने बारे कुनै टुंगो नलागेको बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘उहाँहरुसँग बसेर कफी पिएको मात्र हो । फिल्म साइन गरेको समाचार कसरी आयो थाहा छैन ।’

‘द स्काइ ओसन इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुने अनटाइटल प्रोजेक्टमा एलिजा र निश्चल खड्का मुख्य भूमिकामा अनुबन्धित भएको समाचारहरु आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर