रुस युक्रेन युद्धको तेस्रो वर्षः क्यानडा, इटालीले युक्रेनसँग गरे सुरक्षा सम्झौता – Nepal Press

रुस युक्रेन युद्धको तेस्रो वर्षः क्यानडा, इटालीले युक्रेनसँग गरे सुरक्षा सम्झौता

काठमाडौं । शनिबार रुसले युक्रेनमा सैन्य हमला गरेर सुरु भएको युद्ध तीन वर्षमा पुगेको छ । यो तीन वर्षमा रुसलाई युरोप अमेरिका लगायतका पश्चिमा देशहरुले रुसबिरुद्ध कडा नाकाबन्दी गर्दा रुसले तीनको बजार गुमायो ।

युक्रेनको पनि रुसी भाषा बोल्ने बाहुल्य भएको डोनबास क्षेत्र गुमायो । युक्रेनले प्रत्याक्रमण गरेर गुमेको भूमि फिर्ता ल्याउने हल्ला गरेपनि फिर्ता पाउन सकेको छैन ।

यसै बीचमा शनिबार रुस युक्रेन युद्ध तीन वर्ष पुगेको अवसरमा युक्रेनले क्यानडा र इटालीसँग सुरक्षा सम्झौता गरेको छ । सन २०२२ फेब्रुअरी  २४ बाट सुरु भएको रुस युक्रेन युद्ध तेस्रो वर्षमा लागेकै दिन यस्तो सम्झौता भएको हो । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेन र क्यानडाको सम्झौता अनुुसार युक्रेनलाई क्यानडाले दुई अर्ब २० करोड अमेरिकी डलरको सहायता दिनेछ ।

क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले यस्तो सम्झौता गरेका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको कुराकानीमा ट्रुदोले भनेका छन्, ‘युक्रेनले नजितुन्जेलसम्म हाम्रो सहयोग जारी हुनेछ ।’

इटाली र युक्रेनको सुरक्षा सम्झौताका विस्तृत जानकारी भने सार्वजनिक भएका छैनन । इटालीकि प्रधानमन्त्री गिओर्गिआ मेलोनीले कुनै जानकारी सार्वजनिक गरेकि छैनन् । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने इटालीको सुरक्षा सहयोगको लागी धन्यवाद भनेर सार्वजनिक जानकारी सामाजिक संजाल एक्समा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर