लगातार विकेट गुमाएर दबाबमा नेपाल, कुशल मल्ल एलबीडब्लु – Nepal Press

लगातार विकेट गुमाएर दबाबमा नेपाल, कुशल मल्ल एलबीडब्लु

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ ।

कुशल मल्ल तेस्रो विकेटका रूपमा व्यक्तिगत २ रनमा आउट भए। पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।

आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए । भिभियान किङ्माले २ र आर्यन दत्तले एक विकेट हात पारे । दत्तले आफ्नो पहिलो ओभरमा कुशललाई आउट गरे  ।

उनी एलबीडब्लु धरापमा परेका थिए। कुशल भुर्तेल २९ रनमा खेल्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर