रुससँगको सोभियतसंघ ढलेपछिको सुरक्षा सम्झौता तोड्यो आर्मेनियाले – Nepal Press

रुससँगको सोभियतसंघ ढलेपछिको सुरक्षा सम्झौता तोड्यो आर्मेनियाले

काठमाडौं । रुसको सन्धि सुरक्षा साझेदार आर्मेनियाले रुससँगको सम्झौता भंग गर्ने निर्णय गरेको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानले आर्मेनियासँगको तनाव सम्झौता भंग भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ मा बिहिबार आएको अन्तरवार्तामा प्रधानमन्त्री पासिन्यानले रुससँग भएको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनसँगको सम्झौता भंग भएको बताएका हुन् ।

उनले अन्तरवार्तामा भनेका छन्, ‘हाम्रो यो सन्धिमा भएको सहभागिता अन्त्य भएको छ । आगामि दिनमा के हुन्छ हामी हेर्ने छौँ ।’ उनले सन २०२१ र २०२२ मा भएको आर्मेनिया र अजरबैजान तनावको कारणले सन्धिको औचित्य अन्त्य भएको बताएका छन् ।

उक्त सन्धि सुरक्षा छाता सोभियत संघ भंग भएपछि गठन भएको थियो । जसमा रुससहित, आर्मेनिया, काजाकास्तान, बेलारुस, ताजिकिस्तान, किर्गिस्तान सदस्य देशहरुको रुपमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर