सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर – Nepal Press

सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर

काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ ।

ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *