रमेश लेखकको प्रस्तावः संक्रमणकालिन न्यायसम्बन्धि विधेयक एक हप्ता भित्र टुंगो लगाऊँ – Nepal Press

रमेश लेखकको प्रस्तावः संक्रमणकालिन न्यायसम्बन्धि विधेयक एक हप्ता भित्र टुंगो लगाऊँ

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक एक हप्ता भित्र टुंगोमा पु¥याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रवार सिंहदरवारमा बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चार माध्यामको दवावलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकि रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुंगो लगाउने गरी संसदमा पठाउन ढिलाई गर्न नहुने बताए । उनले संसदीय प्रक्रियामा लगेर संक्रमणकालिन न्याय टुंगो लगाउने कुरामा अव ढिलाई गर्न नहुने पटकपटक दोहोर्‍याए ।

प्रमुख सचेतक लेखकले पीडितको पीडालाई सम्बोधन गर्न पनि सो विधेयक संसदीय समितिले टुंगोमा पुर्‍याउन ढिलाई गर्न नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर