महासमिति बैठकले हिन्दुराज्यमा बेवास्ता गरेको भन्दै कांग्रेस नेता हमालले दिए राजीनामा – Nepal Press

महासमिति बैठकले हिन्दुराज्यमा बेवास्ता गरेको भन्दै कांग्रेस नेता हमालले दिए राजीनामा

रूपन्देही । नेपाली कांग्रेसको महासमितिको बैठकले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरेको भन्दै पुर्वमन्त्री एवं महासमिति सदस्य गजेन्द्र हमालले राजीनामा दिएका छन् । उनले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।

बिहीबार सम्पन्न काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै ५० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर बुझाएपनि महासमिति बैठकमा त्यस विषयमा छलफल नगरिएको उनले गुनासो गर्दै हस्ताक्षर बुझाउने ५० प्रतिशत बढी महासमिति सदस्यहरुको उपेक्षा गरिएको जनाएका छन्।

काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमालले हस्ताक्षर संकलन अभियानमा सक्रिय भूमिका निभाएका थिए । उनले हस्ताक्षर संकलन गरेर बुझाएपनि पार्टीले कुनै निर्णय नगरेको भन्दै राजीनामा दिनुपरेको बताएका छन् ।

हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिन्दु राष्ट्र हुनुपर्ने माग राख्ने सबै साथीहरुको उपेक्षा गरिएको हुँदा र हिन्दू राष्ट्रको एजेण्डालाई सफल बनाउन नसकेको हुँदा नैतिकताले पनि महासमितिको सदस्य पदमा बसिरहनु उचित नभएको हुँदा राजीनामा दिने घोषणा गर्दछु ।’

देउवा नेतृत्वको सरकारको कार्यकालमा संघीय मन्त्री नियुक्त भएका हमाल नियुक्त भएलगत्तै स्वार्थ बाझिएको भन्दै चौतर्फी बिरोध भएपछि मन्त्रीपदबाट २ दिनमा नै राजीनामा दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेरको सिफारिसमा मन्त्री नियुक्त गरिएको भन्दै उनले आलोचना भएपछि राजीनामा दिनुपरेको थियो । नातामा उनी चोलेन्द्र शमसेरको जेठान हुन् ।


प्रतिक्रिया

One thought on “महासमिति बैठकले हिन्दुराज्यमा बेवास्ता गरेको भन्दै कांग्रेस नेता हमालले दिए राजीनामा

  1. हत्याराको मतियार धर्म बेचुवा नेपाली काङ्ग्रेस मुर्दाबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर