एमाले कैलाली अधिवेशन: पाँचौं दिनमा पनि भएन निर्वाचन, प्रतिनिधिले थाले आन्दोलन (भिडिओ) – Nepal Press

एमाले कैलाली अधिवेशन: पाँचौं दिनमा पनि भएन निर्वाचन, प्रतिनिधिले थाले आन्दोलन (भिडिओ)

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अधिवेशनमा अझै निर्वाचन हुन सकेको छैन । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमति भए आइतबार नै नभए सोमबार बिहानै निर्वाचन गर्न निर्देशन दिएका थिए । तर, बिहीबार पाँचौं दिनसम्म पनि निर्वाचन हुन सकेको छैन ।

प्रतिनिधिहरु निर्वाचन गर्न ढिला गरेको भन्दै आन्दोलित भएका छन् । आक्रोशित प्रतिनिधिहरुले नाराबाजीसमेत गरेका छन् ।

एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुनेछ ।

कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर