कांग्रेस महासमिति बैठकमा तनावः बानियाँ बोल्दा गगन थापा समर्थकले गरे नाराबाजी – Nepal Press

कांग्रेस महासमिति बैठकमा तनावः बानियाँ बोल्दा गगन थापा समर्थकले गरे नाराबाजी

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा लफडा भएको छ ।

बागमतीका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव सिर्जना भएको हो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा विवाद भएको बताइएको छ ।

बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी गरेका छन् ।

बानियाँले गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरे पनि गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरूले नाराबाजी गरिरहेका छन् । गगनकाे प्रस्ताव पास हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर