देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक – Nepal Press

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

महासमिति बैठकमा भएको समूहगत छलफल आएको सुझावबारे छलफल गर्नका लागि गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनका अनुसार पदाधिकारी बैठकपछि सुझावलाई सम्बोधन गरेर आज समापन समारोह हुँदै छ ।

महासमितिको बैठकमा प्रस्तावित पाँच प्रतिवेदनमध्ये महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमाथि बैठकमा धेरै बहस भएको छ । जुन कुरामा सभापति देउवाको असहमति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर