कुशल भुर्तेलले लिए कप्तान इरासमसको विकेट – Nepal Press

कुशल भुर्तेलले लिए कप्तान इरासमसको विकेट

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौं विकेट गुमाएको छ ।

पाँचौं विकेटका रुपमा कप्तान जेर्हार्ड इरासमस आउट भए । ५२ रनमा खेलिरहेका इरासमसलाई कुशल भुर्तेलले आउट गरे । २२औं ओभरको अन्तिम बलमा कुशलले इरासमसलाई आउट गरेका थिए ।

नामिबियाले २२ ओभरमा ५ विकेट गुमाएर १०३ रन जोडेको छ ।

नामिबियाका इरासमसबाहेक माइकल भान लिंगेनले ३१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेका छैनन् ।

नेपालका रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पनि एकएक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर