एमालेमा स्वेच्छाचारी र गुटबन्दीका कस्ता प्रवृत्ति झागिँदै छन् ? नेतृत्वले औंल्यायो यी कारण – Nepal Press

एमालेमा स्वेच्छाचारी र गुटबन्दीका कस्ता प्रवृत्ति झागिँदै छन् ? नेतृत्वले औंल्यायो यी कारण

काठमाडौं । नेकपा एमालेले नेता-कार्यकर्तामा देखिएको समस्या औंल्याउँदै समाधानको सुझाव मागेको छ ।

संगठनात्मक कामको समीक्षासम्बन्धी प्रतिवेदन तथा प्रस्तावमा महासचिव शंकर पोखरेलले स्वेच्छाचारिता, निजी स्वार्थकेन्द्रित व्यक्तिवाद, अवसरवाद, चारित्रिक विचलन, अराजकता, अनुशासनहीनताजस्ता प्रवृत्ति झांगिन खोजेकोतर्फ दशौं महाविधेशनले गम्भीर संकेत गरेको उल्लेख गरेका छन् । गत वर्ष सञ्चालित मिसन ग्रासरूटका क्रममा पनि यी प्रवृत्ति देखिएको उल्लेख छ ।

‘हाम्रासामु जनता, राष्ट्रि र पार्टीको सेवामा समर्पित योग्य, इमान्दार, निष्ठावान्, नेता कार्यकता र सदस्यहरूको लक्ष्यकेन्द्रित एकताबद्ध र अनुशासित पार्टी निर्माण गर्न चुनौती खडा भएको छ’, प्रतिवेदनमा लेखिएको छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पपर्धा जित हासिल गर्ने औजारका रूपमा स्वेच्छाचारी ढंगले विनामापदण्ड सदस्यता प्रदान गर्ने नकारात्मक प्रवृत्ति अझै समाप्त नभएको पनि उल्लेख गरेका छन् ।

पार्टीमा गुटबन्दीका गम्भीर विकृति देखापर्न थालेको निष्कर्षसहित कमिटीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्किँदै गरेको पनि उनको निष्कर्ष छ ।

प्रस्तावमा भनिएको छ, ‘स्थानीय अन्तरविरोधहरूमा पार्टी केन्द्रका यो वा त्यो नेतालाई जोड्ने वा सिरानी हाल्ने प्रवृत्ति देखिन थालेको छ । व्यक्तिगत वा गुटगत स्वार्थलाई निर्देशित पद, प्रतिष्ठा, मर्यादा र सुविधालक्षित अन्तरविरोधले पार्टीलाई नराम्रोसँग गाँज्न खोज्दैछ । विगतको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीभित्रको अन्तरविरोध झाँगिदै गएर असहयोग र अन्तरर्घाताको तहमा समेत प्रकट भएको तीतो अनुभव हामीसँग छ ।’

हेर्नुस् प्रस्तावको पूर्णपाठ-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर