नेपाल १६८ रनमा अलआउट, स्कल्ट्जले लिए ४ विकेट – Nepal Press

नेपाल १६८ रनमा अलआउट, स्कल्ट्जले लिए ४ विकेट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।

४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए। नेपालले एक सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए। त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन।

नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएको थियो। त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४/४ विकेट लिए।

स्कोल्ट्जले १० ओभरमा २ मेडन राखेर ३१ रन दिए भने लफ्टी इटनले ६।१ ओभरमा ३४ रन दिए। नामिबियाका ज्याक ब्रास्सेल र जेर्हार्ड इरासमसले पनि एक एक विकेट हात पारे।

सातौँ ओभरमा नेपालका सुरुवाती दुई विकेट झारेको स्कोल्ट्जले त्यसपछि अनिल शाह र भीम सार्कीलाई पनि आउट गरेका थिए। लफ्टी इटनले नेपालको मध्य र तल्लोक्रमलाई ध्वस्त बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर