लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने – Nepal Press

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने

रुपन्देही । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएकाे छ । नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन  फागुन १८ दिउँसो ३ बजेका लागि आह्वान गरेअनुसार प्रदेश सभाको बैठक बस्न थालेको हो ।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश सभा सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर