फागुन १५ का लागि बागमती प्रदेशसभा बैठक आह्वान, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णय – Nepal Press

फागुन १५ का लागि बागमती प्रदेशसभा बैठक आह्वान, यी हुन् मन्त्रिपरिषदका अन्य निर्णय

हेटौँडा । बागमती प्रदेश सरकारले फागुन १५ गते प्रदेशसभा बैठक आह्वान गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले १५ गते दिउँसो तीन बजेका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले प्रतिपक्षहरूसँग छलफलको लागि फागुन १३ गते सर्वदलीय बैठकको आव्हान गरिने बताए । सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै विरोध जनाइरहेका छन् ।

हिउँदे अधिवेशन चैत्र भित्रमा सक्नुपर्ने भएकाले बैठक आह्वान भएको र बजेमा प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने मन्त्री लामाले बताए ।

प्रतिपक्षसँग भएको सहमति कार्यान्वयन गर्न कानूनत: समस्या भएकाले आफूहरूले उक्त विषयलाई तुरुन्त सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले प्रतिपक्षहरूसँगको सहमतिमा सदन सुरु हुने उनले बताए ।

सरकारले यसबाहेक समस्याग्रस्त सहकारी समस्या समाधान आयोगमा १६ जना अस्थायी कर्मचारी भर्ना गर्ने समेत निर्णय गरेको उनले बताए ।

मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालयको रूपमा स्थापनाको कामअघि बढाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप बजेट प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको मन्त्री लामाले बताए ।

भौतिक मन्त्रालयमा खाली रहेको एघारौँ तहको पूर्ति गर्ने, प्रदेश स्वयंसेवक ब्युरो गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । नमोबुद्ध गाउँपालिकालाई झोलुङ्गे पुल निर्माण गर्ने, विपन्न दलित कार्यविधि निर्माण गर्ने,शिक्षा नीति २०८० को कार्यविधि बनाउने निर्णय सरकारले गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर