खराब आचरण भएका नेता-कार्यकर्तालाई कस्तो कारबाही गर्ने ? एमालेले माग्यो सुझाव – Nepal Press

खराब आचरण भएका नेता-कार्यकर्तालाई कस्तो कारबाही गर्ने ? एमालेले माग्यो सुझाव

काठमाडौं । नेकपा एमालेले नेताहरूको पारदर्शी जीवनशैली, स्वच्छता र असल आचरण तथा जीवनशैलीको अवलम्बनको विषयमा केन्द्रीय कमिटीको बैठकमा सुझाव मागेको छ । आजबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकमा ४ बुँदे प्रश्नको जवाफ खोजेको हो ।

नेता, कार्यकर्ताहरूको जीवनशैलीका बारेमा केही भन्नु छ ? नेता, कार्यकर्ताहरूको जीवनको स्वच्छताबारे के-कस्ता कुराहरू उठ्ने गरेका छन ? नेता, कार्यकर्ताहरूमा कस्ता-कस्ता खराव आचरणहरू देखिएका छन् ? यसका कारणबाट जनतामा परेको प्रभाव वा असर ? त्यसलाई सच्याउन के-के गर्नुपर्ला ? खराब आचरण र चरित्र भएका नेता-कार्यकर्ताहरूलाई कस्तो कारबाही गरिनुपर्छ ? भन्ने प्रश्नको जवाफ बैठकबाट खोजेको हो ।

तीन दिनसम्म चल्ने बैठकमा एमालेले पार्टी शुद्धीकरण र संगठन सुदृढीकरणबारे निर्णय गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर