बाल सुधार गृहमा खानाको लाइन बस्दा झडप, ३ जना घाइते – Nepal Press

बाल सुधार गृहमा खानाको लाइन बस्दा झडप, ३ जना घाइते

पोखरा । पोखरा महानगरपालिका-१८ ग्यारजातीमा रहेको बाल सुधार गृहमा झडप हुँदा तीनजना घाइते भएका छन् ।

खान खान लाइन बस्ने क्रममा झडप भएको र बागलुङ, स्याङ्जा र म्याग्दीका ३ युवा घाइते भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए । उनीहरूमध्ये २ जनाको टाउकोमा चोट लागेको छ ।

‘उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । अनुसन्धान भइरहेको छ । अन्य कारण केही खुलेको छैन,’ रानाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *