लुम्बिनी प्रदेश स्काउटमा पुनः दोहोरिए दिननाथ – Nepal Press

लुम्बिनी प्रदेश स्काउटमा पुनः दोहोरिए दिननाथ

रूपन्देही । नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई पुनः दोहोरिएका छन् । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले उनलाई चयन गरेका हुन् ।

बिगत पाँच वर्षदेखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा काम गदै आएका भट्टराई दोस्रो कार्यकालको लागि चयन भएका हुन् ।भट्टराईले ५ वर्षसम्म गरेको कामको उच्च मूल्याङ्कनका आधारमा पुनः दोस्रो कार्यकालको लागि चयन गरिएको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ताले बताए ।

बिगत १२ बर्षदेखि स्काउटको निर्वाचन हुन सकिरहेको थिएन । बिभिन्न कालखण्डमा तदर्थ समिति बन्ने तर निर्वाचन नगराउने परिस्थितिलाई निकास दिँदै लोकबहादुर भन्डारीको नेतृत्वमा तिनै तहको निर्वाचन सम्पन्न भएको थियो ।

लुम्बिनी प्रदेशका ४६ पालिकामा निर्वाचको सम्पूर्ण योग्यता पूरा गरी निर्वाचन सम्पन्न भएका छन् बाँकी रहेका पालिकामा योग्यता पूरा गरी छ महिना भित्र निर्वाचन सम्पन्न गरिने तयारी रहेको छ ।

लुम्बिनी प्रदेशको परिषदको निर्वाचन माघ २७ गते सम्पन्न गरी २० जना परिषद सदस्य निर्वाचित भयका थिए सोहि परिषदभित्र बाट नेपाल स्काउटको ऐन २०५० नियमावली २०७७ ले ब्यबस्था गरे अनुसार भट्टराईलाई प्रमुख स्काउट सामाजिक बिकास मन्त्रीले प्रमुख आयुक्तमा नियुक्ति दिएका हुन् ।

२०७७ सालमा तदर्थ समितिको सम्योजकका रुपमा नियुक्त लिएका भट्टराईको सक्रियताले प्रदेशका १०९ पालिकामा नेपाल स्काउट परिचित छ । प्रदेशका १०९ पालिकामा स्थानीय स्काउट समितिहरु संचालनमा रहेका छन् भने ९२५ जना स्काउट मास्टर र २० हजारभन्दा बढी स्काउट सदस्य बनेका छन्।

उनले दोस्रो कार्यकालमा पनि महत्वपूर्ण कार्यक्रमहरु गदै लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा स्काटउबाट चिनाउने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *