गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन गगनलाई देउवाको दबाब, बुढानीलकण्ठमा वार्ता – Nepal Press

गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन गगनलाई देउवाको दबाब, बुढानीलकण्ठमा वार्ता

मीन विश्वकर्मा भन्छन्- बैठकमा साझा प्रस्ताव ल्याउने सहमति हुँदैछ

काठमाडौं । महासमितिको बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासहित शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमाथि छलफल भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने संकल्प महासमितिको बैठकबाट गरेर जानुपर्ने प्रस्ताव प्रतिवेदनमा राखेका छन् । तर, सभापति देउवासहित संस्थापन पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने पक्षमा उभिएका छन् ।

देउवाले चुवानमा गठबन्धन गरेर नजाने भन्ने शब्द हटाउन भनेपछि महामन्त्री थापाले आफूले फरक मत ल्याउने चेतावनी दिएका थिए। तर, शनिवारदेखि निरन्तर भएको छलफलपछि बैठकमा साझा प्रस्ताव ल्याउने तयारी भइरहेको विश्वकर्माले बताए।

उनले भने, ‘शीर्ष नेताहरुबीचको छलफलमा बैठकमा साझा प्रस्ताव ल्याउँछ।’

महामन्त्री थापासहित डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरू चुनावमा गठबन्धन गर्न नहुने पक्षमा छन्। गएको निर्वाचनमा पनि उनीहरू गठबन्धनको विपक्षमा उभिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर