३० किलोवाटका चार्जिङ स्टेसन अपग्रेड गर्दै एमजी, १५ दिनसम्म सेवा अवरुद्ध रहने – Nepal Press

३० किलोवाटका चार्जिङ स्टेसन अपग्रेड गर्दै एमजी, १५ दिनसम्म सेवा अवरुद्ध रहने

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालीले देशभर रहेका चार्जिङ स्टेसनहरूमा मर्मत र सफ्टवेयर अपग्रेडको काम सुरु गरेको छ ।

सोमबार देखि कम्पनीले नेपालभर रहेका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा मर्मत र सफ्टवेयर अपग्रेडको काम सुरु गरेको हो । भने, १५ दिनसम्म सेवा समेत अवरुद्ध रहने जनाएको छ ।

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डिसी चार्जिङ स्टेसनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन् ।

पारामाउन्ट मोटर्सले १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेसनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ ।

आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर