कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश – Nepal Press

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलको नियुक्ति प्रक्रियामा प्रश्न उठेको र स्वार्थ बाझिएको देखिएको भन्दै उच्च अदालत पाटनले तत्काल उक्त नियुक्ति सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासमा रामचन्द्र ढकालको रिटमाथिको प्रारम्भिक सुनुवाइपछि २०८० माघ १८ को नियुक्तिको निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

पोखरेललाई कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समिति बैठकले प्रतिस्पर्धीमध्येबाट प्रबन्ध सञ्चालक छानेको थियो । तर महाप्रबन्धक नियुक्त भएका पोखरेल उक्त नियुक्ति गर्ने बैठकमा कामु प्रबन्धक सञ्चालकका रूपमा सहभागी भएको लगायतका कारणले स्वार्थ बाझिएको देखिएको अन्तरिम आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *