विश्वकप लिग २ : नामिबिया र नेदरल्याण्ड्स भिड्दै – Nepal Press

विश्वकप लिग २ : नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।

बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो ।

नेदरल्याण्ड्स आजको खेलमा जित निकाल्दै अंक बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गर्न चाहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर